काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) का संक्रमित भई विभिन्न अस्पतालमा उपचाररत ८ जनाको कन्ट्याक्ट ट्रेसिङ सकिएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित ८ जानै कन्ट्याक्ट ट्रेसिङ सकिएको बताएका हुन् ।
यसैगरी कोरोना भाइरसको लक्षण देखिएका १ सय ३४ जना आइसोलेसनमा रहेकाे पनि उनले जनाएका छन् । देवकोटाले उपत्यकामा १२ जना र उपत्यका बाहिर १ सय २२ जना आइसोलेसनमा रहेको बताए ।
यस्तै देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन् ।
यसैगरी हालसम्म देशभरमा २ हजार ३ सय ६६ जनाकाे परीक्षण भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा हालसम्म १ हजार ९ सय ६५ जनाकाे र उपत्यका बाहिर ४ सय १ जनाकाे काेराेना परीक्षण गरिएकाे पनि उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६