काठमाडौं । निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० ओटा पोर्टेबल भेन्टिलेटर र १ हजार थान पिपिई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मंगलवार निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामग्री हस्तान्तरण गरे ।
भेन्टिलेटर र पिपिई जस्तो महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिंदै उनले सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने बताए ।
उनले विपद्को यस अवस्थामा निक साइमन इन्स्टिच्युटले हस्तान्तरण गरेको पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, बुटवल र बागलुङमा दुई/ दुई ओटाको दरले पठाइने र चार ओटा भेन्टिलेटर आकस्मिक प्रयोजनका लागि तयारी अवस्थामा राखिने जानकारी दिए ।
इन्स्टिच्युटका तर्फबाट डा श्रेष्ठले अझै धेरै सहयोग उपलब्ध गराउने कोसिस भइरहेको भन्दै नेपाल सरकारसँग सहकार्य गर्न पाएकामा खुशी प्रकट गरे।
हस्तान्तरणलगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेद्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामग्री सम्बन्धित जिल्लामा पठाउने काम शुरू भएको जानकारी दिए ।
पिपिई यसअघि नै जिल्ला– जिल्लामा पठाइएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६