काठमाडौं । पोखरामा कुनै पनि नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् ।
प्रवक्ता डा. देवकोटाले भने, अहिलेसम्म नेपालमा कुल ६ वटा कोरोना संक्रमणको केस फेला परेको हो । त्यसमा १ जना निको भएर फर्किइसकेका छन् । ५ जना उपचारकै क्रममा छन् । २ जना टेकुमा, २ जना बागलुङ र १ जना धनगढीमा उपचारका क्रममा छन् ।
‘मेसिन नयाँ भएकोले दोहोरो, तेहोरो परीक्षण गर्नुपर्ने हुन्छ,’ देवकाेटाले भने, ‘दोहोरो चेक नगरी रिजल्ट बाहिर आउँदैन ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको पीसीआर मेसिनमा जाँच गरिएका स्वाब केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण भइरहेको उनले बताए।
पोखरामा सातौं संक्रमित देखिएको समाचार बाहिरिएपछि मन्त्रालयले यस्तो स्पष्ट पारेको हो ।
यसअघि पाेखरामा परीक्षण क्रममा काेराेना पाेजेटिभ देखिएकाे र कन्फर्मका लागि नमुना काठमाडाैं पठाएकाे समाचार बाहिर आएकाे थियाे ।
(यसअघि गलत सूचनाका कारण पाेखरामा काेराेना संक्रमित भेटिए भन्ने समाचार प्रकाशित भएकामा क्षमाप्रार्थी छाैं ।)
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६