काठमाडौँ । नेपाल कोरोनाको थप पोजेटिभ पुष्टि भएको छ । कतारबाट चैत्र ४ गतेको कतार एयरलाइन्सबाट आएकाको संक्रमित पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा बोल्दै नेपालमा यो छैठौँ कोरोनाको पुष्टि भएको जनाकारी गराएका हुन् ।
यसअघि सोही उडानबाट नेपाल आएका २ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि संक्रमित भएका ४ जना उपचारत छन् ।
पछिल्लो २४ घन्टामा ५१ जनाको परीक्षण गरिएकाे थियाे । यसका साथै राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा ४३ वटा र १२ वटा धरानमा परीक्षणकै क्रममा रहेकाे डा. देवकाेटाले जानकारी दिए ।
याेसँगै हालसम्म १ हजार १ सय ८४ जनाकाे परीक्षण गरिएकामा ६ जनाकाे नतिजामा काेराेना संक्रमण देखिएकाे र बाँकी १ हजार १ सय ८८ जनामा नेगेटिभ आएकाे उनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६