सल्यान । सल्यानकाे वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका ५ जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखा परेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ ।
लक्षण देखा परेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो ।
भारतमा मजदूरी गरेर यही चैत १० गते घर फर्किएका ३६ वर्षीय पुरुषलाई घर पुगेपछि ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्न सुरु गरेको थियो ।
उनलाई ज्वरो निको हुनाको साटो घरमा रहेका २७ वर्षीया श्रीमती, ११ र ५ वर्षीया छोरी तथा ८ वर्षीय छोरालाई समेत ज्वरो आउन थालेपछि राति सल्यान अस्पतालमा रहेको आइसोलेसनमा भर्ना गरिएको हो ।
जिल्ला अस्पताल सल्यानको आइसोलेसन वार्डमा राखेर उपचार गरिएका पाँचै जनाको अवस्था सामान्य रहेको सल्यान अस्पताल सल्यानका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए ।
उनलाई भारतबाट आउनुभन्दा १ महिना अगाडिदेखि नै ज्वरो आएको रहेछ, परिवारका अन्य चार जनामा ज्वरो देखिएको छैन । सबैजनाको अवस्था सामान्य छ , डा बुढाले भने ।
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६