काठमाडाैं । नेपालमा अर्का १ जनामा पनि कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय युवालाई कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार आएकाे परीक्षणको नतिजामा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको बताइएका हुन् ।
दुबईबाट नेपाल आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । हाल उनको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए ।
यसअघि कोरोनाका १ जना बिरामी निको भइसकेका छन् भने २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुमा उपचाररत छन् ।
यो सँगै उपत्यकाबाहिर पनि कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । प्रवक्ता देवकोटाले सरकारले घोषणा गरेको लकडाउन अनिवार्य पालना गर्न र विदेशबाट आएका सबैले अनिवार्य क्वारेन्टाइनमा बसी स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६