काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयमा आइतबार बसेको बैठकले कोरोना संक्रमित भेटिए त्यसको जनशक्ति व्यवस्थापनका लागि विभिन्न प्रदेशअन्तर्गत कार्यरत मेडिकल अधिकृत (एमबीबीएस वा सो सरह), वरिष्ठ चिकित्सक (एमडी, एमएस) मेडिकल कलेजहरुमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययरत एमडी, एमएसका विद्यार्थीहरुलाई कोरोना रोगको रोकथाम तथा नियन्त्रणमा परिचालन गर्न प्रदेशहरुलाई पत्र पठाएको हो।
सातै प्रदेशलाई सम्बोधन गरिएको पत्रमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरी अध्ययन पश्चात कार्यरत मेडिकल अधिकृत (एबीबीएस) खटाएका निकायमा न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोरोनाको रोकथाम तथा नियन्त्रणमा आवश्यकता अनुसार प्रदेशबाटै परिचालन गर्न अनुरोध गरिएको छ।
यस्तै मेडिकल कलेजमा सरकारी छात्रवृत्तिमा एमबीबीएस तथा एमडी पढिरहेकाहरुलाई परिचालन गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६