काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको छ ।
महाशाखाका एसएसपी सहकुल थापाका अनुसार गोरखाको आरुघाट घर भएका युवराज न्यौपाने सानो भर्याङबाट पक्राउ परेका हुन् । उनले सानो भर्याङमा दीप ओभरसिज ट्रेडर्स सञ्चालन गर्दै आएका थिए ।
सोही ट्रेडर्समा गोदाम गरेर राखेको उक्त मास्क कालोबजारी गरी महँगो मूल्यमा बेच्न डिल भइरहेको थियो । एसएसपी थापाका अनुसार ती मास्क प्रतिगोटा २० रुपैयाँदेखि ३० रुपैयाँमा कारोबार गर्ने आशयको म्यासेज मोबाइलमा आदानप्रदान भएको देखिएको छ ।
कारोना भाइरसका कारण मास्कको माग बढेपछि व्यापारीहरुले कालोबजारी गरेर महँगो मूल्यमा बेच्न लागेका हुन् ।
यसअघि पनि प्रहरीले राजधानीका विभिन्न ठाउँबाट १० लाखभन्दा बढी मास्कसहित एक दर्जन व्यक्तिलाई पक्राउ गरिसकेको छ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६