काठमाडौं । मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालले डिस्चार्ज गरेको हाे ।
फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन् ।
प्रधानमन्त्री ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले दिएको मिर्गौला प्रत्यारोपण गरिएकाे थियाे । यसअघि पहिलो भिजिटरका रूपमा संग्रौलाले शल्यक्रियाको ७औं दिनमा प्रधानमन्त्री ओलीलाई भेटेपछि उनी डिस्चार्ज भएर घर फर्किएकी थिइन् ।
डिस्चार्ज भए पनि ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन डाक्टरहरूले सल्लाह दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६