काठमाडौं । मिर्गाैला प्रतयाराेपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली १०औँ दिनमा अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रेम खड्गाका अनुसार मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि बालुवाटार फर्कने छन् ।
प्रधानमन्त्री ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले दिएको मिर्गौला प्रत्यारोपण गरिएकाे थियाे । यसअघि पहिलो भिजिटरका रूपमा संग्रौलाले शल्यक्रियाको ७औं दिनमा प्रधानमन्त्री ओलीलाई भेटेपछि उनी डिस्चार्ज भएर घर फर्किएकी थिइन् ।
डिस्चार्ज भए पनि ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन डाक्टरहरूले सल्लाह दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६