काठमाडाैं । विश्वव्यापी महामारी घोषणा भएको कोरोना भाइरस संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको सरकारले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको आशंका ६ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका हुन् ।
आइसोलेसनमा राखिएका मध्ये ४ जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिए ।
हालसम्म ४ सय ५० जनामा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको र उपचारपछि ठिक भएर घर फर्किसकेकाे देवकाेटाले जानकारी दिएका छन् ।
उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउन रोक लगाइएको पनि जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६