काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् । फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा बुधबार (२८ गते) डिस्चार्ज भएकी हुन् ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले भने, ‘प्रधानमन्त्रीकी मिर्गौलादाता उहाँकी भान्जी समीक्षा संग्रौलालाई डिस्चार्ज दिएका छौँ’, डा. खड्गाले भने, ‘सर्जनले रिपोर्ट हेरेर स्वीकृति दिएमा प्रधानमन्त्रीको समेत चाँडै डिस्चार्ज हुन्छ ।’
डिस्चार्ज हुनासाथ समीक्षाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् । गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शल्यक्रियापछि भेट्ने समीक्षा पहिलो आगन्तुक हुन्।
पहिलो भिजिटरका रूपमा उहाँले प्रधानमन्त्रीलाई भेट्नुभएको हाे , अस्पताल स्राेतले भन्याे ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६