काठमाडौं । गत बुधबार मिर्गाैला प्रत्याराेपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएकाे छ ।
आइतबार विज्ञप्ति सार्वजनिक गर्दै शिक्षण अस्पतालले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएको हो । आइतबारबाट ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल गराउन थालिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गौला प्रत्यारोपण गरिएको आज पाँचौ दिन । उहाँको स्वास्थ्यस्थितिमा क्रमिक सुधारका लक्षणहरु देखिएका छन्। साथै उहाँको भाइटल तथा ल्याब सूचाकांकहरु पनि सामान्य छन्, जारी विज्ञप्तिमा भनिएको छ ।
सँगै प्रधानमन्त्रीकी मिर्गौला दाता भाञ्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको छ ।
अस्पतालले हरेक दिन दिउँसो ४ बजे विज्ञप्तिमार्फत् प्रधानमन्त्री र मिर्गौलादाता समीक्षाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आएको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य भए पनि संक्रमणको जोखिम कायमै रहेकाले चिकित्सक बाहेक अन्य व्यक्तिलाई भेट्न भने दिइएको छैन ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६