काठमाडौं । प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौलाले ओलीलाई भेट्न इच्छा गरेकी छिन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै भान्जी समीक्षाले प्रधानमन्त्रीलाई भेट्न चाहेको उल्लेख गरेका हुन् । समीक्षाको हालखबर सोध्न समीक्षा रहेको ठाउँमा जाँदा उनले आफू ठिक रहेको तर मामा (प्रधानमन्त्री) भेट्न चाहेको बताएकी थिइन् ।
उनले ट्वीटमा भनेका छन्, ‘मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ? एकपटक मामालाई भेट्न मन लागेको छ ।’
साथै उनले भान्जी समिक्षा प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो भिजिटर हुने पनि बताएका छन् । उनले आफ्नोभन्दा प्रधानमन्त्रीको चिन्ता गर्ने समीक्षाको भावनाप्रति सम्मान प्रकट गरेको उल्लेख गर्दै लेखेका छन्- ‘तपाईं पहिलो भिजिटर हुनुहुनेछ । आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिएँ ।’
प्रधानमन्त्री ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई समीक्षाले नै मिर्गौला दिएकी थिइन् ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६