काठमाडाैं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा बुधबार दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्ररुपले सुधार भइरहेकाे र छिट्टै काममा फर्किने बताएका छन् ।
प्रधानमन्त्री ओली र उनका प्रमुख राजनीतिक सल्लाहकारबीच शुक्रबार बिहान भएका भेटमा ओलीले त्यस्ताे बताएकाे रिमालले जनाएका छन् ।
प्रधानमन्त्रीसँग भएकाे कुराकानीपछि रिमालले सामाजिक सञ्जालमा लेखेका छन् - सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो। ‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ।’ छिट्टै म काममा फर्किन्छु। धेरै खुसी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६