काठमाडौँ । बुधबार मिर्गाैला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको अस्पतालले जनाएको छ।
बिहीबार दिउँसो ४ बजे अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा उनको अवस्था सामान्य रहेको जानकारी दिइएको हो ।
प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपटक मिर्गोला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि बिहीबार बिहान कालो चिया पिएका ओलीलाई दिउँसो पनि तरल पदार्थहरु खान दिइएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशन प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिए।
उनले भने, ‘प्रधानमन्त्री ओलीको स्वास्थ्ष्यमा अपेक्षाकृत सुधार देखियो । प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा काम गर्न थालेको छ ।’
प्राडा खड्गाले प्रधानमन्त्री ओलीको पछिल्ला सबै रिपोर्टहरु सामान्य अवस्थामा रहेको बताए ।
यसैबीच नेपालका लागि चिनियाँ राजदूत, भुटानी राजदूत र माल्दिभ्सका राजदूत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै आ-आफ्ना देशका सरकार प्रमुखले पठाएको सन्देश लिएर शिक्षण अस्पताल पुगेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६