काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंका गरी आइसाेलेसन वार्डमा उपचाररत व्यक्ति टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट फरार भएका छन् ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका १ विशेषज्ञका अनुसार कोरियाबाट आएर बुधबार उनी भर्ना भएका थिए । सुनसरी घर भएका ती व्यक्ति अझै सम्पर्कमा नआएको र प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पतालले जानकारी दिएको छ ।
नेपाल आएसँगै उनलाई विमानस्थलबाट सिधै बुधबार राति टेकु अस्पताल पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार अस्पतालमा उनको रगत परीक्षणका लागि तयारी हुँदैगर्दा उनी भागेका हुन् ।
मंगलबार मात्र अस्पतालबाट कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६