काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको बताएको छ ।
अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गकाले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीकाे स्वास्थ्य अहिले स्थिर अवस्थामा रहेको बताएका हन् ।
उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा छन् । प्रत्यारोपित मृगौलाले पनि काम गर्न शुरु गरीसकेको छ , खड्गाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
उनले प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न पनि सुरु गरिसकेको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइने छ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण प्रा. डा. उत्तम कुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. अनन्त कुमार लगायतको टोलीले गरेको थियो।
मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी प्रा.डा दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द्र काफ्ले र डा. रविन नेपालीलगायतको टोली रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवा आचार्यलगायतको टोली सहभागी भएको कार्यकारी निर्देशक खड्काले बताएका छन्।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६