काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सकिएपछि आइसियुमा सारिएको चिकित्सकहरुले जनाएका छन् ।
नयाँ मिर्गौला प्रत्यारोपण सफल रुपमा सम्पन्न भएको छ , एक चिकित्सकले भने, मिर्गौला प्रत्यारोपण भएपछि पिसाब पनि भएको छ । पिसाब आउनु भनेको नयाँ मिर्गौलाले काम गर्नु हो ।
शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस पनि खुलिसकेको हो । उनको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ ।
अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले ४ घण्टा ४० मिनेट समय लगाएर प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो ।
प्रधानमन्त्री ओलीको यो दोस्रो प्रत्यारोपण हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६