स्पेनमा कोरोना भाइरस (कोभिड–१९) का कारण १ जनाको मृत्यु भएको छ । स्पेनमा कोरोनाका कारण भएको यो पहिलो मृत्यु हो ।
कोरोनाका कारण मृत्यु हुने व्यक्ति केही समयअघि नेपालबाट फर्किएका थिए ।
बेलायती पत्रिका डेली मेलका अनुसार ती व्यक्तिको गएको फेब्रुअरी १३ मा भ्यालेन्सियाको सिटी अस्पतालमा मृत्यु भएको हो ।
भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन् । नेपालमै उनलाई संक्रमण भएको हो या अन्य ठाउँबाट भएको भन्ने बारे भने केही खुलाइएको छैन।
स्पेनमा अहिलेसम्म १६५ जनामा कोरोनाभाइरस देखिएको छ। ४६ जना मड्रिडमै रहेको बताइएको छ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६