काठमाडौं । कोरोना संक्रमण भएकाे आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका ४ जनाको नमुना रिपोर्टमा कोरोना नपाइएको अस्पतालले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने, कोरोना भाइरसको आशंका गरिएका ४ जनाको रिपोर्ट प्राप्त भएको छ, सबैमा नेगेटिभ छ । उनका अनुसार कोरियाबाट आएका १ जनाको भने रिपोर्ट आउन बाँकी छ ।
१ जना चिनियाँ र ३ जना नेपालीमा रूघाखोकी, ज्वरो र घाँटी दुख्ने समस्या देखिएपछि टेकु अस्पतालको आइसोलेसनमा राखेर परीक्षण गरिएको थियो । अस्पतालका अनुसार उनीहरू डिस्चार्ज भएर आजै घर फर्किने छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६