काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको शिक्षण अस्पतालले जनाएकाे छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेम कृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई आवश्यक औषधिहरु दिन सुरु गरिएको जानकारी दिएका हुन् ।
अस्पतालले विभिन्न विषयका विशेषज्ञहरुबाट उनको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । प्रत्यारोपणअघि गरिने नियमित डायलाइसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी रहेको खड्गाले जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६