काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको बताएकाे छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी क्षेत्रमा भने सोमबार रातिदेखि नै पानी परिरहेको छ ।
अहिले काठमाडौं उपत्यकालगायत मध्य र पूर्वी क्षेत्रमा भने घाम लागिरहेको छ । तर दिउँसो ४ बजेपछि मौसम बदली भई देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको पौडेलले बताए ।
पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मंगलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भई केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।
महाशाखाका अनुसार मंगलबार मध्य र पूर्वका धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।
बुधबारदेखि मौसम बिस्तारै खुले पनि पूर्णरुपमा सफा हुन भने अझै केही दिन लाग्ने मंगलबार बिहान जारी गरिएको मौसमी बुलेटिनमा उल्लेख छ ।
यस्ताे छ आगामी ३ दिनको मौसमी अनुमान
फागुन १३ गते मंगलबार
दिउँसो- देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राती- देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
फागुन १४ गते बुधबार
दिउँसो- देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भेगका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ ।
राती- देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भेगका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ ।
फागुन १५ गते बिहिबार
दिउँसो- देशको पहाडी भेगमा आंशिक बदली रहने छ साथै पूर्वी पहाडी भेगका १-२ स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राती- देशको पहाडी भेगमा आंशिक बदली रहने छ साथै पूर्वी पहाडी भेगका १-२ स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६