काठमाडौं । चीनको वुहान सहरमा फसेका नेपाली नागरिकलाई फागुन ३ गते स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले वुहानमा फसेका १ सय ८० जनालाई लिन विमान पठाउने निर्णय गरेको हो ।
यता, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट फिर्ता ल्याइने नेपालीहरुको स्वास्थ्य उपचारका लागि पाटन, वीर र टेकु अस्पतालमा ४३ वटा ‘आइसोलेसन’कक्ष तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मंगलबार भएको बैठकमा मन्त्री ढकालले ‘क्वारेन्टाइन’मा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणका ४ वटा भवन तयारी अवस्थामा राखिएको पनि जानकारी दिए ।
सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले विद्यार्थीसहित १ सय ८५ जनालाई एउटै जहाजमा ल्याउने तयारी भएको जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६