काठमाडौं । नेपाल मानव अधिकार आयोगले चीनको हुवेईका नागरिक तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।
त्यहाँका नेपालीको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील हुन आयोगले सरकारलाई निर्देशन दिएको हो ।
कोरोना भाइरसका कारण सन्त्रस्त सो प्रान्तमा रहेका नेपालीका अभिभावकहरूद्वारा आयोगसमक्ष ज्ञापनपत्र बुझाएका थिए । सो सम्बन्धमा आयोगले ध्यानाकर्षण भएको जनाएको थियो ।
चीनमा हाल १ सय ८० जना नेपालीले स्वदेश फर्कनका लागि फारम भरेका छन् ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६