कैलाली । बाजुरामा भाइरल ज्वरोका कारण २ जनाको मृत्यु भएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा ज्वरोका कारण ५५ वर्षीया मिमा कडारा र ९० वर्षीय दलबहादुर रावलको मृत्यु भएको हो ।
बाजुरामा भाइरलका कारण बिरामी हुनेको संख्या ३ सय पुगेको छ । खापर गाउँपालिकामा बिरामी हुनेको संख्या ५० पुगेको छ भने हिमाली गाउँपालिकाको वडा नम्बर ६ को बाल्डिक गाउँमा बिरामीको संख्या २ सय ५० पुगेको छ ।
भौगलिक विकटता र सिङ्गो गाउँ नै बिरामी भएकाले स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको जनाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भाइरल ज्वरो देखिएका ठाउँमा चिकित्सकसहितको टोली पठाइसकेको र थप सहयोगका लागि समाजिक मन्त्रालयमा पत्राचार गरेको बताए ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६