काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभरिकै मौसम सफा हुने भएको छ ।
अहिले तराई र पहाडी भूभागमा लागेको हुस्सु र कुहिरो दिउँसोपछि हटेर देशभरिकै मौसम सफा हुने मौसम पुर्वानुमानको मौसमी बुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार अबको ३ दिन कतै पनि पानी र हिउँ पर्ने सम्भावना छैन । तर तराईमा हुस्सु र कुहिरो लागेर राम्रोसँग घाम नलाग्दा चिसो निरन्तर बढ्ने अनुमान गरिएको छ ।
बुधबार बिहान १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६