जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा ३ जना चिकित्सकलाई सिफारिस गरिएको छ।
प्रतिष्ठानका कुलपति प्राडा राजेन्द्रराज वाग्लेले प्रतिष्ठानमा कार्यरत प्राडा निरेश थापासहित डा भरतमणि पोखरेल र डा बद्रीप्रसाद बडूलाई सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिस गरेका हुन्।
जनरल प्राक्टिसमा एमडी र स्त्रीरोगको क्यान्सर विषयमा विद्यावारिधि गरेका प्राडा थापा विगत ६ वर्षदेखि प्रतिष्ठानका कार्यरत छन्।
सहकुलपति ढकालले ३ जनामध्येबाट नयाँ शिक्षाध्यक्ष नियुक्त गर्ने प्रतिष्ठानको ऐनको प्रावधान छ । शिक्षाध्यक्षको कार्यकाल ४ वर्षको रहने छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६