काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक एन्ड भास्कुलर सेन्टर पुगेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि बिहीबार दिउँसाे अस्पताल पुगेका हुन् ।
ओलीको मिर्गौलाले राम्ररी काम गर् छाडेपछि नियमित डायलासिस गरिँदै आएकाे छ ।
यसअघी ४ पटकसम्म ग्रान्डी अस्पतालमा उनकाे डायलासिस गरिएकाे थियाे । एपेन्डिसाइटिसकाे शल्यक्रियापछि भने मनमाेहनमै उनकाे डायलासिस हुँदै आएकाे छ ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६