काठमाडौं । एपेन्डिसाइटिसकाे शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेकाे छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह ३ बजे डिस्चार्ज हुने भएका छन् । ‘अपरेसनपछि पूर्ण स्वास्थ्यलाभ गरेर आजै दिउँसो ३ बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको सुखद् समाचार सबैको जानकारीका लागि अनुरोध गर्दछु’, उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छिन् ।
मंसिर ९ गतेदेखि उपचाररत प्रधानमन्त्री ओलीको उपचार र स्वास्थ्यस्थितिको बारेमा जानकारी लिन उनी अस्पताल पुगेकी हुन् । प्रधानमन्त्री ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६