काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैलाकाे डायलासिस गर्न ग्रान्डी अस्पताल पुगेका छन् । केही दिनअघि डायलासिस गरेर फर्किएका ओली आइतबार पुन: ग्रान्डी गएका हुन् ।
अस्पताल स्रोतका अनुसार दिउसो ४ बजेदेखि उनको डायलाइसिस सुरु भएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेको जानकारी गराएका छन् ।
परीक्षण सकेर आजै निवास फर्कने पनि गापाले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६