कात्तिक । चिकित्सा शिक्षा सुधारको माग राख्दै १७औं पटकको अनसन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा भर्ना गरिएका डा. केसीलाई थप उपचारका लागि जिल्ला बाहिर लैजान अस्पतालले सुझाव दिएको छ । तर, केसीले भने आफू ठीक रहेको भन्दै बाहिर जान मानेका छैनन् ।
अनसनको पाँचौं दिन गएको शुक्रबार स्वास्थ्यमा समस्या आएपछि केसीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो । केसीको पिसाबमा ‘क्रियटिनिन’ बढेको र चिनीको मात्रा घटेको जनाइएको छ । डडेल्धुरामा गएको सोमबारदेखि अनसन सुरु गरेका डा. केसीको अनसनको आइतबार सातौं दिन हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६