काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाकाे दाेस्राे डायलासिस सकिएकाे छ । बुधबार धापासीस्थित ग्रान्डी अस्पताल भर्ना भएका ओलीकाे बुधबार साँझ पहिलाे डायलासिस गरिएकाे थियाे । २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएका ओलीको गत महिना प्लाज्मा फेरेसिस गरिएको थियो ।
यसैबीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पताल पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका छन् । दिउँसो २ बजेपछि धापासी पुगेका अध्यक्ष दाहालले अस्पतालका निर्देशक चक्रराज पाण्डेसँग पनि भेट गरेका थिए।
भेटपछि अध्यक्ष दाहालले प्रधानमन्त्री आजै डिस्चार्ज हुने जानकारी दिए । ‘दुई पटक डाइलाइसिस भइसकेको छ। चिकित्सकहरुले आजै डिस्चार्ज दिने भनेका छन्’, दाहालले सञ्चारकर्मीहरूसँग भने ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६