काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्रान्डी अस्पताल पुगेका छन् । मिर्गौलामा समस्या आएपछि बुधबारदेखि डायलासिस गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न दाहाल बिहीबार दिउँसो ग्रान्डी पुगेका हुन् ।
यसअघि रक्षामन्त्री ईश्वर पोखरेलले पनि ग्रान्डी अस्पताल पुगेर ओलीलाई भेटेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता भीम रावल पनि ग्रान्डी पुगे पनि भेट्न नपाएर फर्किएका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६