काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे मिर्गाैलाले काम गर्न छाडेपछि धापासीस्थित ग्रान्डी अस्पतालमा डायलासिस भइरहेकाे छ । बुधबार ओलीकाे स्वास्थ्यमा समसया आएपछि उनलाई ग्रान्डी लगिएकाे थियाे । त्यहाँ परीक्षण गर्दा उनकाे मिर्गाैलाले आवश्यक काम गर्न छाडेकाे पाइएपछि हिजैदेखि डायलासिस भइरहेकाे छ ।
उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा नेताहरू अस्पताल पुगेका छन् । तर उनकाे डायलासिस प्रक्रिया चलिरहेकाले नेताहरूले भेट्न नपाएकाे समाचार प्राप्त भएकाे छ। नेकपा नेता नारायणकाजी श्रेष्ठ र भीम रावल प्रधानमन्त्रीलाई भेट्न अस्पतालबाट गएका थिए ।
अस्पतालबाट निस्कने क्रममा नेताहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र सुधारोन्मुख रहेको बताएका छन् । उपचारमा भएकाले प्रधानमन्त्रीसँग मेरो भेट भएन , प्रवक्ता श्रेष्ठले भने, तर मेडिकल डाइरेक्टर चक्रराज पाण्डेसँग मेरो भेट भयो । प्रधानमन्त्री पूर्णरूपमा स्वस्थ रहेकाे खबर पाएँ ।
नेकपाका नेता भीम रावलले प्रधानमन्त्रीको डायलसिस भइरहेकाले भेट्न नपाएकाे बताए । माथिल्लो तलामा डायलाइसिस भइरहेको छ । डायलाइसिसको प्रक्रिया आधा पूरा भएको छ । बाँकी पूरा भएपछि तल ल्याइने छ , रावलले भने ।
प्रधानमन्त्रीको १४ औं तलाको १४१६ नम्बर शय्यामा उपचार भइरहेको छ । प्रधानमन्त्रीको सचिवालयले भने आजै डिस्चार्ज हुने बताएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६