काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका प्रा.डा. गोविन्द केसीले यही १८ देखि सत्याग्रहसहितकाे आन्दाेल गर्ने घोषणा गरेका छन्।
डा. केसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै १८ गतेदेखि आन्दाेलनकाे घोषणा गरेका हुन् । उनले कात्तिक ८ गते सरकारलाई अल्टिमेटम दिएर आफ्ना माग पूरा नभए सत्याग्रहमा बस्ने चेतावनी दिएका थिए। उनले कात्तिक १३ गतेदेखि सत्याग्रहमा बस्ने बताएका थिए ।
तिहार र छठ पर्वले गर्दा सरकारलाई थप पाँच दिन माग पूरा गर्न अल्टिमेटम दिएका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गरी माग पूरा नभए कात्तिक १८ गतेदेखि सत्यागह्रमा बस्ने बताएका छन्।
डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरी आक्रमण गराएको छ । जायज माग पूरा गराउनका लागि आन्दोलनरत मेडिकल विद्यार्थीहरुमाथि मेडिकल माफियाले गराएको यस्तो सांघातिक हमलाको हामी घोर भर्त्सना गर्दर्छौं ।
डा.केसीले सरकारलाई दिएको अल्टिमेटमभित्र अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारबाही गर्न पनि माग गरेका छन् ।
‘विभिन्न मागहरुसहित हामीले सरकारलाई आन्दोलनका लागि आजको अल्टिमेटम दिएकोमा तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै यही कात्तिक १८ गते सोमबारदेखि सत्याग्रहसहितको आन्दोलन गर्ने जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६