विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ मा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बालिकामाथि गत भदौ १ गते आफ्नै घरको कोठामा जबरजस्ती करणी भएको भन्दै पीडितकी आमाले बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीमा लिखित जाहेरी दिएकी थिइन्।
जाहेरी परेलगत्तै खटिएको प्रहरी टोलीले आरोपितलाई उनकै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३