विराटनगर । ६ महिनादेखि माथि ५ वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले जनाएको छ।
आज र भोलि खुवाइने भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत केसु काफ्लेले जानकारी दिइन्। जुकाकाे औषधि १ वर्षमाथि ५ वर्ष मुनिकालाई खुवाइने तयारी भएको हो।
भिटामिन ‘ए’ प्रदेशभरिमा ४ लाख ४२ हजार ८ सय २ लाई र जुकाको औषधि ३ लाख ८९ हजार ९ सय ३३ लाई खुवाउन ८ हजार ९ सय ७० महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बताइएको छ।
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६