काठमाडौं: हाल देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदलि भएको छ र बांकि भु-भागमा सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भु-भागमा मौसम सामान्यया सफा रहने माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
राती देशको पुर्वी भुभाग लगायत मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही पुर्वी पहाडका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६