काठमाडाैं । यो मौसम परिवर्तनको असर हो भनेर वा खानपानमा भएको परिवर्तले घाँटीमा असर गरेको भन्ने अनुमानमा बस्न हुँदैन । गलामा टन्सिल वा अन्य कुनै गम्भीर समस्या पनि हुन सक्छ ।
कसरी बच्ने यसबाट ?
मौसमको बदलावसँगै गलामा अफ्ठेरो महसुस हुनु वा गलमा तिखो घोचाइ महसुस हुनु सामान्य कुरा हो । यो अवस्थामा गलामा खिच खिच हुनु र बोल्नमा समस्या हुनु सामान्य हो ।
भाइरस वा ब्यक्टेरियाको करणले यो समस्या देखिन्छ । कहिले काँही एलर्जी र धुम्रपानको करणले पनि गलामा यस्तो समस्या देखा पर्छ । यस्ता धेरै समस्याहरु आफैँ समाधान हुन्छन् तर केही यस्ता जिद्दी समस्या हुन्छन् जो सजिलै जाँदैनन् । त्यस्ता समस्यालाई राम्रो उपचारको जरुरी हुन्छ ।
आमरुपमा मानिसहरू गलामा हुने अफ्ठेरोलाई त्यति ध्यान नदिई लापरबाही गर्छन् । तर यो समस्या त्यति सजिलो छैन र राम्रो उपचार गरिएन भने गम्भीर समस्या निम्त्याउन सक्छ । गलामा आउने खसखस गलाको इन्फेक्सन हो । जसमा गलामा कर्कस आवाज आउने, हल्का खाेकी लाग्ने र हल्का ज्वरो आउने, टाउको दुख्ने, गला दुख्ने जस्ता लक्षण देखिन्छन् ।
हाम्रो गलामा दुवैतर्फ टन्सिल हुन्छ जसले धुलो, व्यक्टेरिया र भाइरसलाई गलामा जानबाट रोक्ने काम गर्छ । तर कहिले कही यो आफैं इन्फेक्टेड हुन्छ र आफ्नो काम गर्न सक्दैन । जसलाई टन्सिलाइटिस भनिन्छ । जसमा घाँटीभित्र दुवैतर्फकाे टन्सिल गुलाबी वा रातो हुन्छ । इन्फेक्सन हुँदा यिनीहरु ठुला र बढी राता हुन्छन् । कहिलेकाँही यसमा सेतो कत्ला जस्तो पनि देखिन सक्छ ।
स्ट्रेप्टोकाक्कस हिमोलिटिकस नामक भाइरसको करणले यो समस्या देखियो भने अलिक गम्भीर हुन्छ । यस्तो अवस्थामा नियमित रुपमा नुन हालेर मनतातो पानीले सफा गर्नुपर्छ । यसले गलामा आराम मिल्छ । अदुवा, ल्वाङ र मरिचको चियाले गलाको खाँसीबाट आराम मिल्छ । यसमा जीवाणुरोधक गुण पनि हुन्छ र यो चिया नियमित रुपमा सेवान गर्नाले गलामा आराम मिल्नुको साथै गलाको खाँसी हराएर जान्छ ।
धुम्रपान र ज्यादा मसालेदार खानादेखि टाढै रहनुहोस् । खानामा विशेष सावधानी आपनाउनुहोस् । फ्रिजको वा अन्य कुनै पनि चिसो चिजको सेवान नगर्नुहोस् । सधैं मनतातो पानी पिउने गर्नुहोस् । त्यसमा अदुवाको धुलो हल्का मिसाउने र ताजा कागतीको रस १-२ थोपा मिलाउनाले आराम मिल्छ । सावधानी अपनाउनु नै नै यो समस्याको मूल समाधान हो । सधैं धुलो, धुवा र चिसोबाट बच्नुहोस्, राम्रो मास्कको प्रयोग गर्नुहोस् । समस्या देखिनासाथ चिकित्कसको सल्लाह लिनुहोस् ।
एजेन्सीकाे सहयाेगमा
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६