मनसुनी न्यून चापीय रेखा हाल औसत स्थानको आसपासमा रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ | बंगालको खाडि वाट अएको जलबास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेको छ | तलको नक्शामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ।
आज देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
राती देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६