काठमाडाैं । आज देशभरी सामान्य बदली रही धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा माैसम विज्छञान विभागले जनाएकाे छ । देशका पूर्व र मध्य भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भदाै २५ गते बुधबार
दिउँसो: देशभरी सामान्य बदली रही धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पूर्व र मध्य भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पूर्वदेखि पश्चिम सम्मकै थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
भदाै २६ गते बिहीबार
दिउँसो: देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य तथा पश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पूर्व तथा मध्य भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भदाै २७ गते शुक्रबार
दिउँसो: देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पूर्व तथा मध्यका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पूर्व तथा पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित केही स्थानमा भारी वर्षाको सम्भावना भएकाले नदीमा आकस्मिक पानीको बहाव बढ्न सक्ने भएकाले नी तटीय क्षेत्रमा सत्क रहन महाशाखाले सुझाव दिएकाे छ । यस्तै पहाडी क्षेत्रमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने पनि अनुमान छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६