काठमाडाैं । जल तथा माैसम विज्ञान विभागका अनुसार आज देशैभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जनाएकाे छ । देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे पनि विभागले जानकारी दिएकाे छ।
यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमानः
भदाै २४ गते मंगलबार
दिउँसो: देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भदाै २५ गते बुधबार
दिउँसो: देशभरी सामान्य बदली रही धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पश्चिम र पूर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भदाै २६ गते बिहीबार
दिउँसो: देशभरी सामान्य बदली रही केहि स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पूर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६