काठमाडौं । डेंगु संक्रमण भएर अस्पताल भर्ना भएका कृषि मन्त्री चक्रपाणी खनाल डिस्चार्ज भएका छन् ।
डेंगुको संक्रमण देखिएपछि टोखास्थित ग्रान्डी अस्पतालमा ५ दिन उपचार गरी मन्त्री खनाल आज डिस्चार्ज भएकाे उनका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए।
उनी निको भइसके पनि अझै केही दिन आराम गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएकाे बताइएकाे छ ।
सामान्य ज्वरो आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गराउँदा उनलाई डेंगु संक्रमण भएको पुष्टि भएको थियो। थप उपचारका लागि उनी बुधबार ग्रान्डी अस्पतालमा भर्ना भएका थिए।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६