काठमाडौं । देशैभर डेंगुकाे संक्रमण बढिरहेका बेला बहालवाला मन्त्रीलाई पनि संक्रमण भएकाे छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको हाे । काठमाडौंको ग्रान्डी अस्पतालमा उनको उपचार भइरहेको छ ।
निरन्तर ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्नेलभएपछि मन्त्री खनाल अस्पताल भर्ना भएर उपचार गरारहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खनालकाे रगत परीक्षण गराउँदा डेंगु संक्रमण भएको पुष्टि भएपछि थप उपचारका लागि बुधबार ग्रान्डी अस्पतालमा भर्ना भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६