काठमाडौं । अहिले देशभर सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनसम्म नै चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भदौ १८ गते बुधबार
दिउँसोः देशैभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशका थोरै स्थानमा भारी वर्षाको सम्भावनासमेत छ ।
रातिः देशभर सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पूर्वका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । साथै देशभर थोरै स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
भदौ १९ गते बिहीबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
रातिः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । साथै पश्चिमी पहाडी भेगका १–२ स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
भदौ २० गते शुक्रबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
रातिः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । साथै पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६