काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। पूर्वी र मध्य पहाडी भेगका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भदाै १७ गते मंगलबार
दिउँसो: देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। पूर्वी र मध्य पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावनादेखिन्छ |
राति: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |
भदाै १८ गते बुधबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
राति: देशभरी सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। साथै पश्चिम र मध्यका थोरै स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |
भदाै १९ गते बिहीबार
दिउँसो: देशभरी आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
राति: देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६