हाल देशको पश्चिमी भु-भागमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ साथै मध्य तथा पुर्वी भु-भागमा सामान्य बदली भई केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशको पश्चिमी भु-भागमा सामान्य बदली साथै मध्य तथा पुर्वी भु-भागमा आंसिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै पूर्व र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
राती देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६