मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिण तर्फ रहेको छ । तलको नक्शामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ।
दिउँसो देशभरी सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ |
राती देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ साथै मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ |
प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६