काठमाडाैं । आज देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केही स्थान र पूर्वका थोरै स्थानमा मेघगर्जनसहित सामान्य वर्षा हुने सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशको पश्चिम तथा मध्य भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ |
आगामी तीन दिनकाे माैसम पूर्वानुमान
भदाै २ गते सोमबार
दिउँसो: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केही स्थान र पूर्वका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिम तथा मध्य भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
राति: देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ। देशको मध्य र पश्चिमी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भदाै ३ गते मंगलबार
दिउँसो: देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केही स्थानमा तथा पूर्वको थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। देशको पश्चिमी तथा मध्य भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
राति: देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वको थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा मध्य भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
भदाै ४ गते बुधबार
दिउँसो: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
राति: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६